Logo

जिम्बावेका कप्तान राजा विराटनगरबाट ईपिएल खेल्ने



एजेन्सी, १४ भदौ । जिम्बावेका टि–२० कप्तान सिकन्दर राजाले विराटनगर वारियर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपिएल) खेल्ने भएका छन् ।

विराटनगर वारियर्सले पहिलो विदेशी खेलाडीको रुपमा राजाको नाम सार्वजनिक गरेको छ । विराटनगर वारियर्सले सोमबार समाजिक सञ्जाल मार्फत राजालाई सार्वजनिक गरेको हो । उनी जिम्बावेका स्टार अलराउन्डर हुन् ।

राजाले सन् २०१८ को एकदिवसिय ग्लोबल विश्वकप छनोटमा नेपालविरुद्ध ६६ बलमा १ सय २३ रनको आक्रामक इनिङ खेलेका थिए । ३५ वर्षिय सिकन्दर आक्रमक ब्याट्सम्यान हुन । साथै उनले स्पिन बलिङ समेत गर्ने गर्छन् ।

इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदैछ । २०१७ अर्थात दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले जितेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्