Logo

इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान र रोमाको जित



एजेन्सी, १४ भदौ । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले जित निकालेको छ ।आइतबार राति भएको खेलमा मिलानले काग्लियारीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
मिलानको जितमा ओलिभर जिरौडले दुई गोल गरे । यस्तै, सान्ड्रो टोनिल र राफायल लियोले एक–एक गोल गरे ।
काग्लियारीका एलेसान्ड्रो डिओलाले एक गोल फर्काए ।

जितसँगै मिलानले २ खेलमा ६ अंक जोडेको छ । मिलान चौंथो स्थानमा रहेको छ ।काग्लियारीले २ खेलमा १ अंक जोडेको छ । अर्को खेलमा रोमाले सालेर्निटानालाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

रोमाको जितमा लोरेन्जो पेल्लेग्रिनीले दुई गोल गरे । जोर्डन भेरेटाउट र ट्यामी अब्राहीमले एक एक गोल गरे । जितसँगै रोमाले २ खेलमा ६ अंक जोडेको छ । रोमा तेस्रो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्