Logo

६ बर्षीय बालक माइक्रोसफ्टको विज्ञ



एजेन्सी, १४ भदौ । के ६ वर्षका बालक विज्ञ हुनसक्लान् ? विज्ञताका लागि उमेरले पनि फरक नपर्नेरहेछ । ६ वर्षकै बालक विज्ञ घोषित भएका छन् ।

भारतको तिरुपती स्थित ६ बर्षीय बालकले माइक्रोसफ्टको विज्ञताको प्रमाण पत्र पाएका छन् । ठूला ठूला सफ्टवेयर इन्जिनियरहरु दिन रात खट्ने माइक्रोसफ्टसमा तिरुपतिस्थित रहेको एडिफाई स्कुलमा अध्ययनरत राजा अनिरुध श्रीरामले विज्ञताको प्रमाणपत्र पाएका हुन् । उनले माइक्रोसफ्टको निकै कठिन परिक्षा पास गरी उक्त उपाधि पाएका हुन् ।

श्रीरामले प्रमाण पत्र हासिल गरेको विषयमा विश्वभरका करिब १० लाख मानिसले प्रमाण पत्र पाउने छन् । उनले अभ्यास परिक्षामा हजार मध्ये ९५० अंक ल्याउन सफल भएको थियो । उनले एक पटकमा परिक्षा उत्तीण गर्न सकेन्न र पुनः अध्ययनलाई मध्यनजर गरी अगस्ट २१ मा पुनः उनको परिक्षा लिइएको थियो ।

उनको बुवा सकेत राम र अन्जना श्रवनीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम हिन्दूले लेखेको छ,‘परिक्षामा छनौट पक्रियाको आधारमा हुन्छ । ६ बर्षीय बालकलाई व्याख्या गर्न कठिन हुने गरेको छ ।’ उनको मेमोरि पावर निकै तजिलो रहेको जनाइएको छ । सानो उमेरमा पढाईको बोझ हल्का गर्न र उनको स्वास्थ्य अवस्थालाई मध्येनजर गरी उनको पढाई सञ्चालन गरिएको जनाइएको छ । उनले आफू एस्ट्रनट बन्ने सपना बोकेको सञ्चारमाध्यम हिन्दूसितको कुराकानीमा बताएका थिए ।-Photo Source: The Hindu



प्रतिक्रिया दिनुहोस्