Logo

सौतेलो छोराको हत्या गरेकी महिलाले जेलभित्रै जन्माइन् छोरा



जलेश्वर, १४ भदौ । जेलभित्र रहेकी एक महिलाले आज जेलभित्रै बच्चा जन्माएकी छिन् । ५ वर्षीय सौताको छोराको हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी २० वर्षीया रागनी देवीले जेलभित्रै छोरा जन्माएकी हुन् ।

रागनीमाथी सौताको छोराको घाँटी थिचेर हत्या गरेको आरोप लागेको छ । उनलाई जलश्वेरस्थित कारागारमा बुधबार मात्र राखिएको हो । महोत्तरीको रामगोपाल नगरपालिका–६ का चन्द्रकिशोर यादवकी कान्छी श्रीमती रागनीले सौताको पाँच वर्षीय छोरा रितेश यादवको हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेल चलाइएको हो ।

चन्द्रकिशोरले जेठी श्रीमती हुँदा हुँदै कान्छी पत्ती रागनीसँग विवाह गरेपछि जेठी श्रीमती ५ वर्ष र साढे २ वर्षको छोराहरुलाई पतिको जिम्मा लगाएर माइतीमा बस्दै आएकी थिइन् । गत साउन १४ गते जेठो छोरा रितेशको रागीनीले हत्या गरेकी हुन् ।

 



प्रतिक्रिया दिनुहोस्