Logo

अमेरिकी ड्रोनले बमले भरिएको कार ध्वस्त पार्दा…



एजेन्सी, १४ भदौ । काबुल बिमानस्थलमा बिष्फोटको योजनासहित कारमा बमले भरिएर आक्रमण गरिदै थियो । अमेरिकी गुप्तचर निकायले केही दिन अघि नै आक्रमण हुनसक्ने सूचनाका आधारमा सचेत हुन भनेको थियो । गत हप्ता २ सय जना मारिने गरी भएको आत्मघाती बम हमलालगत्तै अर्को आक्रमणको योजना बुनिएको थियो ।

अमेरिकी सेनाले आक्रमणको योजनाबारे सूचना पाएपछि ड्रोन हमला गरेको थियो । हमलाका क्रममा काबुल विमानस्थल नजिकै बम भरिएको कार ध्वस्त पारिदियो । अमेरिकी सैनिक ड्रोनले मिसाइल हानेर कार ध्वस्त पार्दा ठूलो हताहती टरेको छ ।

तर, घटनामा एकै परिवारका नौं जना मारिएका छन् । जसमध्ये ६ जना बालबालिका पनि छन् । अलजजिराले मिडियो रिपोर्ट भन्दै हताहतीबारे खबर सार्वजनिक गरेको छ ।

काबुल विमानस्थलमा इस्लामिक अतिवादी समूह आइएसले गत बिहिबार आक्रमण गरी १७५ जनाको हत्या गरेको थियो । त्यसपछि लगातार आक्रमणको योजनासहित आइएस सक्रिय भएका छन् ।



प्रतिक्रिया दिनुहोस्