Logo

सरकारलाई पूर्णता दिन अझै समय लाग्ने



काठमाडौं, १४ भदौ । सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारलाई पूर्णता दिनेबारे छलफल भएको हो । बैठकमा नेताहरुले सरकारलाई चाँडो पूर्णता दिनेबारे छलफल गरेका थिए । यसअघि माधव नेपालको कारण सरकारलाई पूर्णता दिन ढिलाई भैरहेको नेताहरुको भनाई थियो । तर, माधव नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दल गठन गरिसकेका छन् ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा गरी पाँच दल आवद्ध छन् । आजको बैठकमा नेताहरुले सरकार सञ्चालनसम्बन्धी कार्यविधि बनाउनेबारे पनि छलफल गरेको बताईएको छ । यसअघि सरकारको लागि न्यूनतम साझा कार्यक्रम ल्याईएको थियो । आज÷भोलिभित्रै सरकारलाई पूर्णता दिने गठबन्धनका नेताहरुले दाबी गरेका थिए । तर, मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि भोलिसम्मपनि मन्त्रिपरिषद् विस्तार नहुने बुझिएको छ । बैठकमा सहभागी एक नेताकाअनुसा बुधबारमात्रै सरकारलाई पूर्णता दिन सकिनेबारे छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot