Logo

माधव नेपालले आँफैमाथि ठूलो अन्याय गर्नुभयो : केशब बडाल (भिडिओसहित)



काठमाडौं, १४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले एमाले विभाजन गरेर माधव नेपालले आफैंमाथि ठूलो अन्याय गरेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभीजनबाट प्रसारण भएको कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले यस्तो बताएका हुन् ।

उनले भने,‘माधव नेपालले आफूमाथि गम्भीर प्रकारको अन्याय गनुभएको छ, गम्भीर त्रुटी गर्नुभएको छ, एकदिन उहाँले आफैं यो कुराको फिलिङ गर्नुहुन्छ । देश र जनतामाथि पनि ठूलो अन्याय गर्नुभएको छ ।’

साथै, उनले माधव नेपाललाई बाक्लो दाल खान रहर लागेर चोईटिएर गएको पनि आरोप लगाएका छन् । त्यसैगरी माधव नेपालले छोडेर जाँदा एमालेलाई घाटा भएन ? भन्ने प्रश्नमा उनले एउटा आमाको सन्तान परिवार छोडेर जाँदा सबैलाई पीडा र नोक्सान हुने बताए ।

तर, नेकपा एमाले राष्ट्रिय एकता, स्वाधिनता र समृद्धिको पक्षमा साथै समाजवादोन्मुख अर्थतन्त्र निर्माण र श्रमजिवी वर्गको मुक्तिको खातिर पहिलेभन्दा अझ सशक्त रुपमा अघि बढ्ने उनको दाबी थियो । साथै नेकपा (एमाले) फुट्नुमा माधव नेपालको ५१ प्रतिशत दोष रहेको उनले आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्