Logo

के श्रीदेवीले मिथुन चक्रवर्तीसँग बिहे गरेकी थिइन् ?



एजेन्सी, १४ भदौ । बलिउड स्टार श्रीदेवी र मिथुन चक्रवर्ती एक समय प्रेममा परेका थिए । उनीहरुको प्रेम सम्बन्धकै कारण मिथुनको वैवाहिक जीवनमा आधीबेहरुी आएको थियो ।

यद्यपी उनीहरुबीच प्रेममा थिए भन्ने कुरा न त मिथुन, न श्रीदेवीले नै पुष्टि गरीन् । बरु यी दूईले उक्त प्रेमलाई गुिसपको रुपमा मात्रै लिन आग्रह गरेका थिए । तर यही गसिपको कारण मिथुनको वैवाहिक जीवनमान तरगं पैदा भएको थियो ।

मिथुन र श्रीदेवी ‘जाग उठ इन्सान’ मा सँगै काम गर्दै थिए र यसक्रममा दुबै एक अर्काको नजिक आए। श्रीदेवीलाई राम्ररी थाहा थियो, योगिता बाली मिथुनकी पत्नी हुन्।

मिथुन आफ्नी श्रीमतीलाई डिभोर्स दिऊन् र यस शर्तमा दुबै जनाले एक मन्दिरमा गोप्य रुपमा बिहे गर्ने श्रीदेवीको चाहना थियो ।

यो कुरा योगिताको कानसम्म पुग्यो, उनले आत्महत्याको प्रयास समेत गरिन् । मिथुन यसबाट विचलित भए र योगितालाई छोड्न हिम्मत गर्न सकेनन्।

जब श्रीदेवीले यसबारे थाहा पाइन् र उनी रिसाइन् । उनले तथाकथित ‘गोप्य विवाह’ लाई रद्द गरिन् । दुबैजना यस प्रेम गसिपपछि केही फिल्ममा सँगै काम गरे ।



प्रतिक्रिया दिनुहोस्