Logo

दिनानाथ शर्माको दाबी : प्रचण्डको उद्देश्य कहिल्यैपनि पार्टी फुटाउनु थिएन र छैन (भिडिओसहित)



काठमाडौं, १४ भदौ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका नेता दिनानाथ शर्माले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावलाई मात्र केन्द्रमा राखेर प्रधानमन्त्री बन्ने उद्देश्यका साथ पार्टी एकता गरेको आरोप लगाए ।

उनले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उद्देश्य कहिल्यैपनि पार्टी विभाजन गर्नु नभएको बताए । बरु, देशमा भएका सबै कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्नेमा प्रचण्डले जोड दिँदै आएको र सोहीअनुसार भूमिका निर्वाह गरेको उनको भनाई थियो ।

हिजो (आइतबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा नफुटोस भनेर आफुले धेरै मेहेनत गरेको तर सफल नभएको स्मरण गराए । साथै, उनले केपी ओलीले राष्ट्रिय समस्याको समाधान गर्न नसकेको पनि आरोप लगाए । संसद बिघटन, नेकपा र नेकपा (एमाले) फुटाउन ओलीको ठुलो हात रहेको शर्माको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्