Logo

माधव कमरेड, आखिरमा तपाईबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो : प्रदीप नेपाल



काठमाडौं, १४ भदौ । प्रदीप नेपालले आफूलाई माधव नेपालले पनि धोका दिएको टिप्पणी गरेका छन् । पछिल्लो समय दल दर्ताको लागि सनाखत गर्न निर्वाचन आयोगमा नै पुगेका नेता नेपालले आफूलाई माधव नेपालले पनि धोका दिएको बताएका हुन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले लेखेका छन्–”माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ ।तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। विदा।”



प्रतिक्रिया दिनुहोस्