Logo

हिमालयन बैंकको विस्तारित काउन्टर पोखरा गौरीघाटमा



पोखरा, १४ भदौ । पोखराको लेकसाइड गौरीघाटमा हिमालयन बैंक लिमिटेडले विस्तारित काउन्टर सुविधा सुरु गरेको छ। बैंकले यो सुविधा यही १० गतेदेखि सेवा सुरु गरेको हो ।

बैंकको अनुसार सार्वजनिक विदाबाहेक अरु सबै दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म ग्राहकले काउन्टरबाट सेवा पाउनेछन्।

ग्राहकले उक्त काउन्टरबाट नगद र चेकबाट कारोबार गर्न सक्ने बैंकले जनाएको छ । योसँगै बैंकको कुल शाखा ७१ र विस्तारित काउन्टर ५ पुगेको छ भने १४६ एटीएम र पाँच हजार पस टर्मिनल्स रहेका छन्।

 



प्रतिक्रिया दिनुहोस्