Logo

ज्योति मगरको सरप्राईज गीत ‘माइतीको माया बरिलै’(भिडियोसहित)



काठमाडौं, १४ भदौ । चर्चित गायिका ज्योति मगरले पनि तीज गीत ल्याएकी छिन् । उनी नेपाली लोक संगीत क्षेत्रकी प्रभावशाली गायिका हुन् । तर, उनीमाथि नेपाली लोकगीतमा छाडापन ल्याएको आरोप लाग्ने गरेको छ ।

ज्योति प्रायः दोहोरो अर्थ लाग्ने शब्द भएका गीतहरु गाइरहेकी हुन्छिन् । यसो भन्दैमा ज्योतिले राम्रा लोक गीत नै गाँउदिनन् भन्ने होइन । तर, त्यस्ता गीतले खासै चर्चा पाउने गरेका छैनन् । यसपटक पनि त्यही भएको छ । ज्योतिले गत शनिबार तीज गीत सार्वजनिक गरेकी छिन् । तर, गीत रिलिज भएको तीन दिनसम्म पनि उक्त गीतको चर्चा भने खासै भएको छैन् । तीन दिनमा गीतलाई ४८ हजारले हेरेका छन् । तर, हेरेकामध्ये अधिकाशंले ज्योतीले सरप्राईज दिएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् ।

ज्योतीकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा पनि उनकै अभिनय देख्न पाइन्छ । गीत ज्योती मगर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।घरको परिस्थितिका कारण तीजमा माईत जान नपाएका चेलीहरुको पीडालाई भिडियोमा निकै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ । गीतमा ज्योतीलाई नयाँ स्वरुपमा देख्न सकिन्छ । स्मृति तिमल्सिनाले निर्देशन गरेको गीतको भिडियोमा ज्योतीसँगै ऋतिका कुँवर, शेरबहादुर डीसी र गंगा मगरको अभिनय रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्