Logo

सामसुङ क्लाउडमा राखेका फोटो तथा भिडियो सामाग्री तत्काल सुरक्षित गर्न आग्रह



काठमाडौं, १४ भदौ । सामसुङले आफ्ना प्रयोगकर्तालाई सामसुङ क्लाउडमा रहेका फोटो तथा भिडिओ सामाग्री तत्कालै सुरक्षित गर्न आग्रह गरेको छ ।

कम्पनीले प्रयोगकर्ताका लागि सूचना जारी गर्दै सुरक्षीत नगरेको खण्डमा सम्पूर्ण फोटो तथा भिडिओ सामाग्री डिलिट हुने जनाएको छ । सामसुङ क्लाउडमा उपलब्ध गराउँदै आएको निःशुल्क स्टोरेज पनि बन्द गरिसकेको छ ।

उक्त निर्णयसँगै कम्पनीले करिब तीन महिना समय अवधि उपलब्ध गराएको थियो । तर, अझै पनि लाखौं प्रयोगकर्ताले आफ्नो डेटा सुरक्षीत नगरेको पाएसँगै कम्पनीले अन्तिम सूचना जारी गरेको हो ।
तत्कालै आफ्नो डेटा सुरक्षित नगरिएको खण्डमा फोटो तथा भिडिओ डिलिट हुने कम्पनीले जनाएको छ ।तर, प्रयोगकर्ताहरुले सामसुङ क्लाउडमा कन्ट्याक नम्बर, नोट, क्यालेन्डर जस्ता सामाग्रीलाई सुरक्षित राख्न भने सक्नेछन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्