Logo

नर्भिक अस्पतालले ल्यायो औंसी र तीजलक्षित ‘हेल्थ प्याकेज’



काठमाडौं, १४ भदौ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विशेष हेल्थ प्याकेज सार्वजनिक गरेको छ । अस्पतालले तीज र औंसी (बुबाको मुख हेर्ने दिन)लाई लक्षित गरी विशेष हेल्थ प्याकेज सार्वजनिक गरेको हो ।

नर्भिक अस्पतालले तीजको अवसरमा सार्वजनिक गरेको हेल्थ प्याकेज भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको जानकारी समेत दिएको छ । अस्पतालको अनुसार तीज प्याकेज अन्तर्गत एउटा बेसिक, ब्रेस्टको यूएसजी सहितको प्याकेज र मेमोग्रामसहितको प्याकेज रहेको छ । बेसिक प्याकेजमा विशेष सहुलियत सहित ६ हजार ६६६ कायम गरिएको अस्पतालले जनाएको छ ।

त्यस्तै, अस्पतालको अनुसार ब्रेस्टको युएसजी सहितको प्याकेज भने १० हजार पर्ने भएपनि तीजको अवसरमा ७ हजार ७७७ कायम गरिएको गरिएको छ ।  मेमोग्रामसहितको प्याकेज १३ हजार ४ सय तोकिएकोमा तीजको अवसरमा मात्र ९ हजार ९९९ कायम गरिएको छ । यी प्याकेजहरु भदौ २७ गतेसम्म लिन सकिने छ ।

अस्पतालको अनुसार बेसिक तीज प्याकेज अन्तर्गत सुगर रेन्डम, यूरिक एसीड, लिपिड प्रोफाइल, युरिया, क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पीए, इसीजी, अल्ट्रासाउन्ड, यूरिन रुटिन लगायतका जाँच पर्नेछन् । यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने छ ।

अस्पताले बुबाको मुख हेर्ने दिनको अवसरमा पारेर पनि प्याकेज सार्वजनिक गरेको छ । अरु बेला ८ हजार ६५० पर्ने प्याकेजलाई औंसीको अवसर पारेर ६ हजार ५ सय कायम गरेको हो । अस्पतालको अनुसार यो प्याकेज भदौ १२ गतेदेखि भदौ २७ गतेसम्म कार्यान्वयनमा रहने छ ।

 



प्रतिक्रिया दिनुहोस्