Logo

‘प्रेमगन्ज’को एउटै गीतमा ३० लाख खर्च भएपछि…



काठमाडौँ, १४ भदौ । २५ बर्षदेखि स्पोटब्वाइमा काम गर्दै आईरहेका राजु फुयालको प्रस्तुतिमा निर्माण भैरहेको चलचित्र ‘प्रेमगन्ज’को एउटै गीतमा ३० लाख लगानी भएको छ । यो खर्च सुटिङको खर्च मात्र हो ।

अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख पर्ने सम्भावना छ । कलरको काम इन्डियामा हुने भएकोले यो गीतमा मात्रै ४० लाख लगानी पुग्ने सम्भावना देखिएको हो ।

फरेनहाईट क्लबमा तीन दिन छायांकन भएको उक्त गीतमा नायिका बेनिसा हमाल, सन्जोग रसाइलीसंगै अन्य एकहजार जना झुमेका थिए । गीतको कोरियोग्राफी वाईल्ड रिपर्जले गरेको हो । दीक्षा थापाको स्वरमा रहेको यो क्लब गीतलाई उ ‘जितेर गई या हारेर गई’ फेम्ड लेखक पुरुस्वत्तम ढुङ्गेलले लेखेका हुन भने किरण भुसालले संगीत भरेका छन ।

पहिलो लकडाउनपछि शुरु भएको चलचित्रको छायांकन दोश्रो लकडाउन संगै रोकिएको थियो । अहिले लकडाउन केही लुज भएसंगै चलचित्रको छायांकन धमाधम भइरहेको छ । चलचित्रको सम्पुर्ण टिमलाई कोरोना खोपको सुबिधासहित होटेलमा राखिएको छ । चलचित्र युनिट सुरक्षित होस भनेरै सम्पुर्ण युनिटलाई एकै स्थानमा राखेर काम गरिएको हो ।

परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्रलाई सन्जय लामाले छायांकन गरिरहेका छ्न भने चलचित्रको कार्यकारी भुमिकामा अनन्तमान श्रेष्ठ छ्न । ‘प्रेमगन्ज’ चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्