Logo

एमालेविरोधी गठबन्धनलाई परास्त गर्छौं, प्रचण्ड र माधवसँग सहकार्य हुँदैन् : ईश्वर पोखरेल



काठमाडौं, १४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नो पार्टीले सत्तापक्षीय गठबन्धनलाई पराजित गर्ने घोषणा गरेका छन् । आज (सोमबार) पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले माओवादी र माधव नेपालको पार्टीसँग कुनै किसिमको सहकार्य नहुने पनि बताए । उनले कम्युनिष्ट पार्टीको सरकार ढाल्ने प्रतिगामीहरूसँग सहकार्य वा गठबन्धन नहुने स्पष्ट पारे । उनले एमालेविरोधी गठबन्धनलाई आफूहरुले जसरी पनि परास्त गर्ने जनाए । Photo Source: Surya Thapa/Facebook

 



प्रतिक्रिया दिनुहोस्