Logo

झलनाथ खनाल स्वदेश फर्किए, स्वागत गर्न माधव नेपाल विमानस्थलमा (लाईभ भिडिओ)



काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किएका छन् । मिर्गौला प्रत्यारोपण गराएर खनाल आज स्वदेश फर्किएका हुन् । उनलाई स्वागत गर्न अध्यक्ष माधव कुमार नेपाल विमानस्थल पुगेका छन् ।

उनले एमाले दक्षिण्पन्थी भासमा भासिएको र अब विसर्जन हुने दाबी गरे । उनले आफ्नो पार्टी नयाँ ढंगबाट अघि बढ्ने पनि जनाए । उनले आफूहरुले सबैलाई क्रान्तिकारी बाटोबाट अघि बढ्न पनि आग्रह गरेको बताए । नेता खनालको तर्फबाट प्रमेश हमालले जारी गरेको वक्तव्य वाचन गरेका थिए । नेता खनाल अढाई महिनाअघि उपचारको लागि भारतको नयाँ दिल्ली गएका थिए ।



प्रतिक्रिया दिनुहोस्