Logo

झलनाथ जाँदा एमाले नेता फर्कदा नेकपा एसका नेता



काठमाडौं, १४ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लाग जाँदा नेकपा एमालेका वरिष्ठ नेता थिए । वरियतामा उनी दोस्रो स्थानमा थिए । तर, फर्कंदा नेकपा एकीकृत समाजवादीका नेता भएका छन् । वरियतामा पनि दोस्रो स्थानमै रहेका छन् ।

नयाँ दिल्लीमा उपचारमा जाँदा खनालले एमाले एक बनाइराख्न दोस्रो पुस्ताका नेताहरुलाई आग्रह गरेका थिए । तर, उनी आफै एमाले विभाजनको पक्षमा उभिए । आज विमानस्थलमा बोल्दै क्रान्तिको लक्ष्यका लाग बढेको बताए । उनले भ्रमका खेलहरुमा नफस्न आग्रह समेत गरे ।

खनाल दिल्ली जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । तर, फर्कंदा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । उनले देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेका थिए । तर, विश्वासको मत दिन उपस्थित हुन सकेनन् ।

नेकपा एमालेको अध्यक्ष भइसकेका खनालले ५ दशक संघर्ष गरेको दल विभाजनमा भूमिका खेले । त्यसमा उनी कत्ति पनि चिन्तित देखिएनन् । बरु परिवर्तनको रक्षा गर्दै समाजवादको आन्दोलन अगाडि बढाउने दृढता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्