Logo

युएन पार्कमा गुर्जो लगायतका जडिबुटी रोपाई कार्यक्रम(फोटोफिचर)



काठमाडौँ, १४ भदौ। युएन पार्क जुवागलमा गुर्जो लगायतका जडिबुटी जन्य निम, पत्थरचट्टा, पारिजात, करिपातका बिरुवाहरू रोपिएको छ । हिजो (आइतबार) युएन पार्कमा गुर्जो लगायतका जडिबुटीहरु रोपिएको हो ।

उक्त कार्यक्रम अधिकार सम्पन्न बागमती सभ्यता तथा एकीकृत विकास समिति गुह्येश्वरीको आयोजनामा गरिएको थियो । कार्यक्रममा समितिका अध्यक्ष उत्तम तिमिल्सिना लगायत बाग्मती सफाइका अभियन्ता डा. माला खरेल, निरा गृहणी समाज तथा सामाजिक अभियन्ताहरु र स्थानीयहरुको सक्रियता रहेको थियो ।

उक्त कार्यक्रममा लोक दोहोरी गायिका कमला धिमिरेबाट उत्साहपुर्वक गुर्जोरोपण गरिएको थियो। साथै, उपस्थितहरूलाई गुर्जो चिया खुवाउँदै गुर्जो चिया प्याकेट पनि वितरण गरिएको थियो ।

Photo Source: Kamal bahadur Rajlawat/Facebook

 



प्रतिक्रिया दिनुहोस्