Logo

‘जबसम्म प्रदेश नम्बर २ माओवादीमय हुँदैन, तबसम्म मधेशी जनताले मुक्ति पाउँदैनन्’ : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रलाई शक्तिशाली बनाउने र परिवर्तनका एजेण्डालाई संस्थागत गर्ने बेला भएको बताएका छन् । आज (सोमबार) पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘जबसम्म माओवादी केन्द्रले प्रदेश नम्बर २ मा अत्यधिक बहुमत ल्याउँदैन वा जबसम्म प्रदेश नम्बर २ माओवादीमय हुँदैन, तबसम्म मधेशी जनताले मुक्ति पाउँदैनन् । त्यसकारण पनि यो हामीले संकल्प लिनुपर्छ । माओवादीबाहेक अरु कसैको नेतृत्वमा सरकार बन्दा परीणाम के हुन्छ भनेर हामी सबैले भोगिसकेका छौं । केपी ओलीलाई प्रधानमन्त्री बनायौं, तर परीणाम के भयो भने झण्डै झण्डै संघीयता खारेजी भयो । ७ दशक लामो संघर्षबाट प्राप्त उपलब्धि झण्डै गुम्यो ।’



प्रतिक्रिया दिनुहोस्