Logo

उत्तर कोरियाले परमाणु रीएक्टर पुनःसञ्चालनमा ल्यायो



एजेन्सी, १४ भदौ । उत्तर कोरियाले एउटा पारमाणविक रीयाक्टर पुनः सञ्चालनमा ल्याएको छ । पारमाणविक अस्त्रका लागि प्लूटोनीअम उत्पादन गर्न रीयाक्टर पुनः सञ्चालनमा ल्याइएको संयुक्त राष्ट्रसङ्घीय निकायको विषयलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सी(आईएईए)का अनुसार यङब्युन रीयाक्टरले जुलाई महिनादेखि नै चिस्यान गर्ने पानी फालिरहेका सङ्केतहरू देखीएका छन् । त्यसबाट सन् २०१८ देखि निश्क्रिय रहेको उक्त पारमाणविक रीयाक्टर सञ्चालनमा रहेको बुझिन्छ ।

आईएईएले पछिल्लो विकासक्रमलाई गहिरो चिन्ताको विषय भनेको छ । प्योङ्याङले प्लूटोनीअम उत्पादन थालेकै हो भने त्यसले अमेरिकी राष्ट्रपति जो बाइडनका निम्ती एउटा ठूलो वैदेशिक सङ्कट निम्त्याउने बताइएको छ ।-Photo Source: timesofisrael



प्रतिक्रिया दिनुहोस्