Logo

मन्त्री साहले सम्हाले पदभार, वित्तिय अनुशासन कायम गर्ने प्रतिबद्धता



काठमाडौं, १४ भदौ । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र साहले आज पदभार सम्हालेका छन् । कृष्ण जन्माष्टमीको सार्वजनिक बिदाकै दिन उनले पदभार ग्रहण गरेका हुन् । पदभार सम्हालेलगत्तै मन्त्री साहले आफ्नो पहिलो प्राथमिकता भनेको नै वित्तीय अनुशासन कायम गर्नु रहेको बताए ।

त्यस्तै, अर्थ मन्त्रालयकै कारण कुनै पनि कार्यक्रम कार्यान्वयनमा विलम्ब नुहे पनि उनले प्रतिबद्धता जनाए । मन्त्री साहले शीघ्रातिशीघ्र विनियोजित बजेट निकासा हुने जानकारी दिए । पदभार सम्हालेलगत्तै उनले भने,‘मन्त्रालयका योजनाको औचित्य र आवश्यकताका आधारमा तिनको कार्यान्वयनका लागि समयमै स्रोत परिचालन गर्ने विश्वास दिलाउँछु ।

त्यस्तै, योजना कार्यान्वयनको अनुगमन तथा मूल्यांकन प्रणालीलाई प्रभावकारी बनाउनको लागि म लागिपर्नेछु ।’ मन्त्री साहले मानव विकास सूचकांकमा कमजोर स्थितिमा रहेका शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रलाई प्राथमिकता दिइने पनि विश्वास दिलाए । कृषिमा आधारित अर्थतन्त्रको विकास गरिने उनले जनाए । file photo



प्रतिक्रिया दिनुहोस्