Logo

अफगानिस्तान छिरेको झन्डै २० वर्षपछि अमेरिकी फौज फिर्ता



काठमाडौंं, भदौ १५ । अमेरिकी सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको छ । बीस वर्षे लामो बसाइपछि अमेरीकी सेना सबै आफ्नै देश अमेरीका फर्किएका हुन् ।

यो दिनलाइ तालिवानहरुले ठाउँठाउँमा बन्दुक पड्काएर यो दिन तालिवानीहरुले मनाइरहेका छन् । २० वर्ष अगाडि अमेरीकी ट्‍वीनटावरमा अलकायदाले आक्रमण गरेपछि अमेरीकाले आफ्नो सैन्य टोली अफगानिस्तानमा राखेको थियो ।

अमेरीकी सेना अफगानिस्तानमा रहँदा त्यहाँका जनताले सुरक्षाको महसुस गरी तालिवान विरोधि गतिविधीमा संलग्न भएका थिए ।

अमेरिकी सेना र तालिवानबीचको युद्धमा २४ सय अमेरीकी सेनाको मृत्यु भएको छ । अमेरीकी सेना स्वदेश फिर्ताको समय नजिकिदै आएपछि तालिवानले राजधानी कावुल कब्जा गरी सत्ता आफ्नो हातमा लिन सफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot