Logo

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, १५ भदौ । न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि बिक्रिमा ल्याएको १८ लाख कित्ता साधारण शेयरमा आज आवेदन दिने अन्तिम दिन हो । कम्पनीले प्रतिशेयर १ सय अंकित मुल्यका उक्त कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई बिक्रि गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा ६,७ र ८ का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र लमजुङ जिल्ला बाहेक अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर बिक्रि गर्ने भएको हो ।

बाँकी रहेको ३ लाख कित्ता कम्पनीले संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विकास कम्पनीका कर्मचारीहरुका लागि बिक्रि गर्ने जनाएको छ ।

आईपीओमा छिटोमा भदौ १५ र ढिलोमा भदौ ३० गतेसम्म न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीको सुचनामा उल्लेख गरिएको छ । आईपीओ बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot