Logo

मैलुङखोला जलविद्युतको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त



काठमाडौं, १५ भदौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारमा भदौ ११ गतेदेखि लागु हुने गरी बिओके क्यापिटललाई नियुक्त गरेको हो ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पुरा गरेको थियो । शेयर रजिष्ट्रार परिवर्तन गर्नुपरेकाले आईपीओ सूचीकरण ढिलाई भएको कम्पनीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्