Logo

आईएमई र एनसेलबीच प्रवद्र्धधनात्मक कार्यक्रममा सहकार्य



काठमाडौं, १५ भदौ । आईएमई लिमिटेडले एनसेलसँग सहकार्य गरेको छ । दुई कम्पनीले प्रवद्र्धधनात्मक कार्यक्रममा सहकार्य गरेका हुन् ।
सहकार्यपछि विदेशमा रहेका नेपालीले तोकिएका कम्पनीबाट आईएमईमा रेमिट्यान्स पठाउँदा एनसेलबाट १ जीबी डेटा उपहारस्वरुप पाउनेछन् ।

मनिग्राम, ईजेट रेमिट, इन्स्ट्यान्ट क्यार र अल अन्सार एक्सेन्ज क्यास एक्सप्रेसबाट पैसा पठाउँदा उक्त डेटा उपहार पाउने आईएमईले जनाएको छ । एनसेल र आईएमईले ‘ढुक्कले पैसा पठाइन्छ, १ जीबी डेटा पाइन्छ’ अफर ल्याएका हुन् । उक्त अफर गत १७ अगस्टदेखि नै सञ्चालन भइरहेको छ । १ जीबी डेटा ग्राहकले स्मार्टफोनमा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्