Logo

तालीवानको समयसीमा भित्रै अमेरिकाले छाड्यो अफगानिस्तान, खुसीयालीमा बन्दूक पड्काइयो



एजेन्सी, १५ भदौ । अमेरिकाले २० वर्षदेखि अफगानिस्तानमा जारी राखेको आफ्नो चालु मिशनलाई अन्त्य गरेको छ । तालीवानले अगस्ट ३१ भित्र अफगानिस्तान छाड्न अमेरिकालाई चेतावनी दिएको थियो । सोही अनुरुप अमेरिकी सेनाको अन्तिम टोलीले हिजो राती (सोमबार) अफगानिस्तान छाडेको हो ।

अमेरिकी सैनिकले काबुल छाडेसँगै तालिबानी लडाकुहरुले रात्रीकालिन बन्दूक पड्काएर खुसीयाली मनाएका थिए । उनीहरुले हवाई फायरीङ गरेर उत्सव मनाएका थिए ।सोमबार अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख जनरल फ्रयाङ्क म्याकेन्जीले सेना फर्किएको आधिकारीक धारणा समेत दिएका छन् । तालीवानले काबुलमा कब्जा जमाएपछि अमेरिकी सेनाहरु विमानस्थलमा मात्र खुम्चीएका थिए ।

११ सेप्टेम्बर २००१ मा अमेरिकामा हवाई हमला भएपछि त्यसको बदलास्वरुप अमेरिकाले अफगानिस्तानको तालिवानी सत्तालाई निशाना बनाएको थियो ।अमेरिकाले अहिलेसम्म काबुल विमानस्थलबाट आफ्ना नागरिक, सहयोगी र जोखिममा परेका १ लाख २३ हजार सर्वसाधारणको उद्धार गरिएको दाबी गरेको छ । काबुल विमानस्थलमा सोमबार पनि धेरैपटक रकेट प्रहार भएको थियो जसको जिम्मेवारी ईस्लामिक स्टेट खोरोसामले लिइसकेको छ ।-Photo Source: The Telegraph



प्रतिक्रिया दिनुहोस्

Screenshot