Logo

२३ वर्षकी यी महिला ११ बच्चाको आमा, भन्छिन् १०० बच्चाको परिवार होस्



एजेन्सी । पछिल्लो समयमा बढ्दो महंगीको कारण मानिसहरुले सन्तान धेरै जन्माउन चाहादैनन् । एक वा दुई बच्चा जन्माईसकेपछि परिवार नियोजन गर्न थाल्छन् । तर २३ वर्षीया एक महिलाले भने ११ बच्चाको जन्म दिएकी छिन् ।

रुसकी २३ वर्षीया क्रिस्टिना ओज्टर्कले आफ्नै इच्छाको कारण ११ जना बच्चाको जन्म दिएकी हुन् । उनी आफैले आफ्ना ११ जना सन्तानको राम्रोसँग हेरविचार गरिरहेकी छिन् । अझै उनले अरु पनि बच्चा जन्माउने इच्छा रहेको बताउदै आएकी छिन् ।

क्रिस्टिनाले ५ वर्ष अगाडी एउटा छोराको जन्म दिएकी थिइन् । त्यसपछि भने उनले सरोगेसी आमाको साहारा लिएर अन्य १० बच्चाको जन्म दिएकी हुन् । उनका सबै बच्चा जेनेटिक्स हुन् । अब पनि उनी अन्य सन्तानको योजना बनाईरहेकी छिन् । उनले १०५ जना सन्तान उत्पादन गर्न चाहेको आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । उनले पोस्ट गरेपछि भाइरल भएको थियो ।

यो परिवार जार्जियाको बातुमी शहरमा बस्छ । यस शहरमा सरोगेसी गैर–कानुनी मानिदैन र महिलाहरु सरोगेसी आमा बन्न गर्भवती हुने विषयमा सरकार मौन बस्छ । हाल सरोगेसीको साहाराबाट बच्चा जन्माउन लगभग ८ हजार युरो अर्थात ७ लाख रुपैयाँ खर्च लाग्छ । यदि यो परिवारले १०० बच्चाहरु बनाउन चाहेमा सरोगेसीको साहारामा ७० करोड रुपैयाँ खर्च लाग्छ ।

 



प्रतिक्रिया दिनुहोस्