काठमाडौं, १५ भदौ । विद्यार्थी नेताहरु ऐन महर, सुदेश पराजुली र रञ्जित तामाङबीच ऋषि धमलाको टिभी कार्यक्रममा चर्काचर्की परेको छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा महर र पराजुलीबीच चर्काचर्की परेको हो । पराजुलीले अनेरास्ववियुको अध्यक्ष आफू भएको बताए । तर, महरले आफूले कारबाही गरेकोले पराजुलीलाई अनेरास्ववियुको अध्यक्ष हुँ भन्ने अधिकार नभएको बताए ।
पराजुलीले भने,‘ऐन महरले केपी ओलीको बारेमा व्याख्या र विश्लेषण राम्रोसँग गर्नुहुन्छ । जतिखेर गोकर्ण विष्ट मोर्चा फाँट हुनुहुन्थ्यो, राष्ट्रिय सम्मेलनबाट म अध्यक्ष भएको हुँ । ऐन महरलाई त हामीले कारबाही गरेका छौं ।’ उता, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले भने मुलुकमा भएका सबैखाले भ्रष्टाचारको छानबिन गर्नुपर्ने भन्दै यति, ओम्नी, ७० करोड प्रकरणलगायत भ्रष्टाचार प्रकरणको अहिलेको सरकारले छानबिन गर्ने बताए । र, दोषीलाई कारबाही गरिने पनि उनको भनाई छ ।




प्रतिक्रिया