Logo

पाकिस्तान अफगानिस्तानपछि काश्मिरतिर केन्द्रित



एजेन्सी, १५ भदौ । विश्वको ध्यान अफगानिस्तानको भयावह अवस्था तिर केन्द्रित भइरहेको छ । त्यहाँ तालिवान शक्तिमा आउनुमा पाकिस्तानकै भूमिका खुलिसकेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समेत तालिवानको उदयप्रति खुशी व्यक्त गरे ।

काश्मिरमा समेत पाकिस्तानको ध्यान केन्द्रित हुन थालेको छ । दुई आतंकवादी संगठनको ध्यान कश्मिरमा केन्द्रित भएको छ । जैस–ए–मोहम्मद र लस्कर–ए–ताइवाले कश्मिरमा अफ्ना संगठन विस्तार गर्दै गतिविधिलाई तीव्रता दिन थालेको टाइम्स अफ इन्डियाले लेखेको छ । उनीहरु पाकिस्तान संरक्षित आतंकवादी संगठन रहेको भारतीय पक्षले बताउँदै आएको छ ।

कश्मिरी सीमामा आतंकवादीहरुले आफ्नो गतिविधिलाई तीव्रता दिइरहेको जनाइएको छ । तालिवानले अफगानिस्तान कब्जा गरेपछि पाकिस्तान बलियो स्थितिमा देखिएको छ । पाकिस्तानले नै आतंकवादी गतिविधिहरुलाई सीमामा संरक्षण गरी नयाँ योजनाहरु बनाइरहेको टाइम्स अफ इन्डियामा उल्लेख गरेको छ । एक विश्वस्त श्रोतको भनाईलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ, ‘भारत र पाकिस्तान बोर्डरमा गत फेब्रुअरीदेखि कुनैपनि प्रकारको गतिविधि देखिएको थिएन । तर, केही दिनयता बोर्डरमा चहलपहल देखिएको छ । एलओसी नजिक करिब २१ आतंकवादी त्यहाँ देखा परेको छ ।’

आतंकवादी संगठनहरुले कश्मिरका युवाहरुलाई भर्ती समेत गर्ने गरी आफ्नो गतिविधिहरुलाई तीव्रता दिइरहेको जनाइएको छ । गत वर्ष जम्मु कश्मिरका ८७ युवाहरु आतंकवादी संगठनसित आवद्व भइसकेको जनाइएको छ । इस्लामीक समूहको अफगानिस्तानमा जित भएपछि आतंकवादीहरु उत्साही भएका छ । यसले जम्मु र कश्मिरी क्षेत्रमा तनाव पैदा भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्