Logo

अभिनेत्री नुसरतको छोराको असली पिता आखिर को हुन् ?



एजेन्सी, १५ भदौ । बंगाली अभिनेत्री तथा टीएमसी सांसद नुसरत जहांले २६ अगस्टमा छोराको जन्म दिएकी छिन् । आमा बनेपछि नुसरतलाई सामाजिक सञ्जालमा धेरैले बधाई समेत दिएका थिए । उनै अभिनेत्रीलाई अहिले बच्चाको पिता को हो भन्दै सवाल पनि गरिरहेका छन् ।

केही समय अगाडी नुसरतले ब्यापारी निखिल जैनसँगकोे विवाह अस्विकार गरेकी थिइन् । उनको यस विषयले सामाजिक सञ्जालमा निकै स्थान पाएको थियो । निखिल जैनसँगको विवाद टुंगिएपछि उनले आफु गर्भवती भएको घोषणा गरेकी थिइन् । नुसरतले गर्भवती भएको घोषणा गरेसँगै निखिल जैनले पनि बच्चा आफ्नो नभएको बताएका थिए ।

समाचार अनुसार, नुसरत जँहाले आफ्नो बच्चाको पिताको नाम बताउन अहिलेसम्म पनि बताउन अस्विकार गर्दै आएकी छिन् । उनले आफु सिंगल मदर बन्ने पनि स्पष्ट पारेकी छिन् ।

उनले आफ्नो छोराको नाम इर्शान राखेकी छिन् । हाल नुसरत र अभिनेता यश दासगुप्ता रिलेसनसिपमा रहेको खबर बाहिर आएको छ । डिलीवरीको समयमा नुसरतलाई यश दासगुप्ताले नै अस्पताल पु्र्याएका थिए । यद्यपी उनीहरु दुईजनाले भने आफुहरु रिलेसनशिपमा रहेको आधिकारीक रुपमा बताएका छैनन् ।

 



प्रतिक्रिया दिनुहोस्