Logo

के अभिषेक बच्चनलाई ज्वाई बनाउन चाहान्थिन् हेमा मालिनी ?



एजेन्सी, १५ भदौ । बलिउडकी ड्रिम गर्ल हेमा मालिनी र आमिताभ बच्चनले केही सुपरहिट फिल्ममा सँगै काम गरेका छन् । पर्दामा उनीहरुको जोडी जति जमेको देखिन्छ त्यतिनै असल जिन्दगीमा पनि अमिताभ र हेमाबीच उतिनै राम्रो सम्बन्ध छ ।

हेमा मालिनीले आफ्नो छोरी इर्शा देओलको विवाह अमिताभ बच्चनको छोरा अभिषेक बच्चनसँग गराउन चाहान्थिन् । तर, यो नातालाई इर्शाले नै अस्विकार गरेकी थिइन् । यस कुराको खुलाशा इर्शा देओलले करण जौहरको शो मा गरेकी हुन् ।

यो २००५ तिरको प्रसँग हो । त्यतिबेला अभिषेक बच्चनको जीवनमा ऐश्वर्याको प्रवेश भएको थिएन् । इर्शा पनि त्यतिबेला विवाह गरेकी थिइनन् । सो समयमा हेमा छोरीको लागि सुहाँउदो ज्वाईको खोजीमा थिइनु ।

शो मा करणले इर्शालाई विवाहको बारेमा केही प्रश्न सोधेका थिए । करणले इर्शालाई आमा (हेमा मालिनी)ले अभिषेक बच्चन जस्तै ज्वाई चाहानुहुन्थ्यो भन्दा इर्शाले जवाफमा भनिन्, ‘मेरो आमालाई सबैभन्दा योग्य अभिषेक बच्चन नै लाग्छ ।’ उनले आमाले राम्रो मानिससँग घर बसाउन चाहेको समेत बताइन् ।

इर्शाले आफुले जोसँग घरजम गरेपनि आमालाई अभिषेक नै प्यारो लाग्ने बताउदै उनले भनिन्,‘म अभिषेकसँग विवाह गर्न चाहन्नथे ।’
उनले अभिषेकसँग विवाह गर्न नचाहाने कारण समेत बताएकी छिन् । इर्शाले अभिषेकलाई ठुलो दाईको मान्यता दिएको भन्दै उनीसँग विवाहको बारेमा नसोचेको बताइन् । इर्शाले एक धनाढ्य व्यवसायीसँग २०१२ मा विवाह गरेकी हुन् । उनीहरु स्कुले जीवनदेखि परिचित थिए ।



प्रतिक्रिया दिनुहोस्