Logo

२१ किलो गाँजासहित श्रीमान श्रीमती पक्राउ



सुनसरी, १५ भदौ । लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईटहरी उपमहानगरपालिका ४ बस्ने २७ वर्षीय दिपेन्द्र राई र उनकै श्रीमती २५ वर्षीया शर्मीला राईलाई करिब २१ किलो अवैध लागूऔषध गाँजा सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot