Logo

अपागंता भएकाहरुलाई आईपीओमा १० प्रतिशत सुनिश्चितता गर्न माग



काठमाडौं, १५ भदौ । रामेछापका आङ छोङ्बा शेर्पाले अपाङ्गता भएकाहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चितताको माग गरेका छन् । उनले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अपाङ्गता व्यक्तिहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्टाएर सुनिश्चितता गर्न माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै ४४ वर्षीय शेर्पाले म्युच्युअल फण्ड, कर्मचारीलाई पनि आईपीओको प्रतिशत छुट्टाइएको भन्दै अपांगहरुलाई पनि केही प्रतिशत छुट्टाउन माग गरे । उनले भने ‘म्युर्चुअल फण्ड तथा कर्मचारीलाई आईपीओको प्रतिशत छुट्टाइएका छ तर अपांगहरुलाई छैन, हामीलाई पनि ५ देखि १० प्रतिशतसम्म छुट्टाउनुपर्छ ।’

उनले धेरै संघसंस्थाहरुले बिदेशबाट रकम ल्याएर आफ्नो दानापानीको व्यवस्था गर्ने भएकोले आफु कुनै संघसंस्थामा आवद्ध नभएको समेत बताए । शेर्पाले उमेरमै आईपीओ बारेमा जानकारी पाउने मौका नपाएको भन्दै आधा उमेर बितेपछि बुझेर सबै अपांगहरुको लागि केही गर्न खोजेको बताए ।



प्रतिक्रिया दिनुहोस्