Logo

५ वटा मिडियाका मालिक ऋषि धमला भन्छन्–’आजपनि मेरो पहिचान भनेको रिपोर्टर हो’ (भिडिओसहित)



काठमाडौं, १५ भदौ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले आफ्नो पहिचान भनेको नै रिपोर्टर भएको बताएका छन् । उनले आफू अहिले क्लबको सभापति, प्राइम टिभीको अध्यक्ष, नेपाली रेडियो नेटवर्कको अध्यक्ष र रिपोर्टर्स नेपाल डटकमको सञ्चालन तथा प्रधानसम्पादक भएपनि आफ्नो पहिचान भनेको रिपोर्टर नै भएको बताएका छन् ।

केन्द्रविन्दु टिभीलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । उनले आफूलाई तत्कालिन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले धादिङबाट चुनाव लड्न भनेको पनि स्मरण गराए । उनले ईच्छाशक्ति भयो भने मान्छेले जस्तोसुकै कठिन परिस्थितिलाई पनि सामना गर्न सक्ने बताए ।

सफल हुनको लागि मान्छे अनुशासित र सक्रियता हुनुपर्ने उनको टिप्स छ । धमलाको नेतृत्वमा अहिले पाँच वटा मूलधारका मिडिया सञ्चालनमा छन् । रिपोर्टर्स क्लब नेपाल, प्राइम टिभी, रिपोर्टर्स नेपाल डटकम, नेपाली रेडियो नेटवर्क र दिव्यदर्शन टिभी उनको नेतृत्वमा सञ्चालनमा छन् ।



प्रतिक्रिया दिनुहोस्