Logo

अमेरिकाले अफगानिस्तानमा के पायो के गुमायो



एजेन्सी, १५ भदौ । अफगानिस्तान खनिजको धनी देश मध्ये हो । उसको भूराजनीतिक अवस्थिति र खनिज स्रोतका कारण विश्वका शक्तिशाली देशहरु प्रभाव बनाउने प्रतिष्पर्धा गर्दै आएका छन् ।

अफगानिस्तान विगत ४ दशकदेखि युद्धको मैदान बन्दै आएको छ । १९औं शताब्दीमा बेलायती साम्राज्यले उपनिवेश बनाएको अफगानिस्तानमा २०औं शताब्दीमा सोभियत संघले हस्तक्षेप गरेको थियो । सोभियत सैनिक अफगानिस्तानमै प्रवेश गरेका थिए ।

२१औं शताब्दीमा अफगानिस्तानमा अमेरिका र नाटोका सैनिक बसे । उनीहरुलाई परास्त गर्न विभिन्न संगठनहरु अफगानिस्तानमा जन्मिए । २० वर्ष शासन सत्ता कब्जा गरेर बसेको अमेरिकालाई तालिवानले छाड्न वाध्य बनायो । यो घटनाले विश्व जगतमा अमेरिकाको हार भएको चर्चा छ ।

२० वर्ष एकछत्र शासन गरेको अफगानिस्तानमा तत्काल विश्वलाई चाहिने धातु, खनिज,प्लाटिनम, कपर, आयरन, लिथियम, युरानियम, एलुमिनियमहरु अत्याधिक पाइने गर्दछ । ११ सेम्टेम्बर सन् २०११ को हमलापछि विना अल कायदामाथि बदला लिन भन्दै अमेरिका अफगानिस्तान पसेको थियो ।

आफ्नो अनुकूलको नेतालाई सरकार चलाउन अुनमति दिने गरको थियो । अमेरिकाको नजर आफ्नो बदला भन्दा पनि अफगानिस्तानमा रहेको श्रोत माथि थियो । जस्ले अमेरिकालाई मानिसको दैनिकी जीवनमा चाहिने सामाग्रीहरु निर्माण गर्न अत्यधिक मात्रामा धातु र खनिजहरुको खोजी गर्दै आफ्नो प्रभुत्व कायम गरी नियन्त्रण गरेको थियो ।

अफगानिस्तानमा करिब तीन खर्ब डलर बारबरको खनिज रहेको जनाइएको छ । अफगानिस्तानमा अफिम खेती अत्याधिक हुन्छ । विश्वलाई पर्याप्त मात्रामा चाहिने अफिम अफगानिस्तान एक्लैले विकास गर्ने गरेको छ । सन् २०२० को तथ्यांकमा अफगानिस्तानमा हुने अफिम खेतीको करिब ३ सय पचास खर्ब अमेरिकी डलर बराबरको मूल्य छ । त्यहाँका खनिज र धातुहरुले एउटा सामान्य मानिसको जीवनमा प्रयोग हुने वस्तु देखि फाइटर जेटसम्म निर्माण हुन सक्ने बुझिएको छ । अमेरिकाले धातु, खनिज र अफिममा समेत आफ्नो पकड् बनाएर आफ्नो देशलाई बलियो बनाउने तर्फ लागेको थियो ।

१५ अगस्टमा तालिवानले अफगानिस्ताानमाथि कब्जा गरेपछि अमेरिकाको सम्पूर्ण मानिसहरुलाई अफगानिस्तानबाट निकाल्न तालिवानले ३१ अगस्टसम्म समय दिएको थियो । अमेरिकाले मानिस त लग्यो तर अत्याधुनिक हतियार छाडिदियो । रकेट र मिसाइल किन अफगानिस्तान मै छोड्यो भन्ने विषय अन्योल देखिएको छ ।

२० वर्षदेखि अफगानिस्तानको भूमि प्रयोग गर्दै उसको धाुत, खनिज र अफिमबाट अमेरिकाले अत्याधिक रकम संकलन गरेको चर्चा छ । उसले सैनिक र पैसा गुमाएको छ । त्यसवापत् पाएको पनि छ ।

एपी न्युको अनुसार अमेरिकाले २० वर्षको अवधीमा करिब २ हजार ४ सय ४८ सैनिक गुमाएका छन् । अफगानी सेना र प्रहरीका करिब ६६ हजार जवान मारिए । त्यसैगरी अमेरिकी सहकार्यमा रहेको सदस्य, नेटोका सदस्यहरु लगायत करिब १५ सय जनाको मृत्यु भएको छ । ४८ हजार अफगानी नागरिकहरुको मृत्यु भएको थियो ।

तालिवान लगायत अन्य आतंकवादी समूहहरुतर्फ मृतक संख्या ५१ हजार १ सय ९१ थियो । २० वर्षको अवधीमा करिब ७२ पत्रकारको मृत्यु भयो ।

अमेरिकाको अफगानिस्तानमा पकड गुमाएपछि त्यहाँ चीन, रुस र पाकिस्तानको स्थिति बलियो बनेको छ । चीन समेत अफगानिस्तानमा लगानी गर्न इच्छुक छ । चीनले अफगानिस्तानको खनिजहरु माथि समेत आँखा लगाइरहेको छ । अफगानिस्तानमा रेयर अर्थ ठूलो परिमाणमा पाइन्छ । रेयर अर्थ प्राविधिक सरसामानमा प्रयोग हुन्छ । ब्याट्रीमा प्रयोग हुने लिथियमको पनि ठूलो भण्डार छ । अफगानिस्तानको सरकारले तयार पारेको तथ्यांकमा ३० खर्ब डलरभन्दा बढी मूल्यको खनिज भण्डार छ ।अफगानिस्तान सुन, युरेनियम, तामा, तेल, फलाम, प्राकृतिक ग्याँस, लिथियम, क्रोमियम, शिला, जिन्क, जेमस्टोन्स, मार्बल, जिम्सम, सल्फर, टाल्क, ट्राभेरटिनलगायको खानी छन् ।

सन् २०१९ मा अफगानिस्तान सरकारले सार्वजनिक गरेको रिपोर्टमा ३ करोड टन तामाको भण्डारण रहेको उल्लेख छ । अहिलेको अवस्थामा तालिवानको आँखा खनिज, अफिम, धातुमाथि रहेको बुझिएको छ ।

अफगानिस्तानमा आफ्नो पकड बनाउन अमेरिकाले २ खर्ब डलर खर्चिएको थियो । तर, पनि अमेरिका तालिवान अगाडी निरिह भयो । अगामी दिनमा यसले अमेरिकाको प्रभुत्वमाथि असरसमेत पार्न सक्ने विश्लेषण हुन थालेको छ । अमेरिका अफगानिस्तान छाड्न वाध्य भएपछि त्यहाँ कस्को प्रभाव रहन्छ भन्ने चासोको विषय बनेको छ ।-Photo Source: Global Times



प्रतिक्रिया दिनुहोस्