Logo

शेयर बजारमा आज उच्च अंकको गिरावट, १३ अर्बको कारोबार



काठमाडौं, १५ भदौ । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्सेमा आज ६९ दशमलव ५ अंकले घटेर २९ सय ७५ दशमलव ८४ विन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ३४ अंकले घटेर ५ सय ५० दशमलव ५२ विन्दुमा थामिएको छ ।

साताको कारोबारको तेस्रो दिन आज २ सय २७ कम्पनीको १ लाख ३० हजार ७ सय ७४ पटक शेयर कारोबार भएर १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाँ बराबरको २ करोड ३१ लाख ९ हजार ७ सय १३ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्