Logo

आज यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, १५ भदौ । साताको कारोबारको तेस्रो दिन मंगलबार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाँ बराबरको २ करोड ३१ लाख ९ हजार ७ सय १३ कित्ता शेयर किनबेच भएको छ ।

नेप्सेको अनुसार आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १ अर्ब १ करोड ५७ लाख बढीको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपि कम्पनीको २९ करोड ७८ लाख बढीको कारोबार भएको छ । यसैगरी, हिमालयन डिष्टिलरी लिमिटेडको ४९ करोड २३ लाख बढीको कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्