Logo

भारी अंकले नेप्से घटेपनि यी कम्पनीको शेयरमुल्य बढ्यो



काठमाडौं, १५ भदौ । नेप्सेमा आज भारी अंकको गिरावट आएपनि केही कम्पनीको शेयरमुल्य बढेका छन् । त्यस्तै १३ अर्ब बढीको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको ७ दशमलव ५८ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ६ दशमलव ८ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ५ दशमलव ९६ प्रतिशतले शेयरमुल्य बढेको हो ।

नेप्सेको अनुसार आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १ अर्ब १ करोड ५७ लाख बढीको शेयर कारोबार भएको छ । त्यस्तै, अपि कम्पनीको २९ करोड ७८ लाख बढीको कारोबार भएको छ । यसैगरी, हिमालयन डिष्टिलरी लिमिटेडको ४९ करोड २३ लाख बढीको कारोबार भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्