Logo

आईपे रेमिटले तीज लक्षित टिकटक च्यालेन्ज प्रतियोगिता गर्ने



काठमाडौं, १५ भदौ । आईपे रेमिटले हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता गर्ने भएको छ । नेपालमा रेमिटेन्स् भित्र्याउन अब्बल स्थानमा रहेको आईपे रेमिटले भदौ १४ गते बाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीले आईपे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्ने छ ।

कम्पनीको अनुसार २४ गतेसम्म सञ्चालन हुने टिकटक च्यालेन्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगीले लक्की ड्रमार्फत २० हजार रुपैयाँ बम्पर नगद उपहार जित्नेसक्ने छन् । साथै यस च्यालेन्जमा सहभागी हुनेमध्ये दैनिक ५ जनाले लक्की ड्रमार्फत ५०० को टपअप पाउने बताइएको छ । त्यसैगरी सर्वाधिक लाइक आएको कुनै एक प्रत्योगीले नगद पुरस्कार १० हजार जित्ने मौका पाउनेछन् ।

मलेशिया, जापानलगायत विश्वका विभिन्न मुलुकबाट रकम ल्याइरहेको आईपे रेमिटले रियल टाइम एकाउन्ट डिपोजिट सुविधा साथै नेपालभर रहेका आफ्ना भुक्तानी काउण्टरबाट सुविधा दिँदै आएको छ



प्रतिक्रिया दिनुहोस्