Logo

एमाले छाडी नेकपा एस रोज्ने बागमतीका १२ सांसद को को



काठमाडौं, १५ भदौ । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी रोज्ने बागमती प्रदेशका १२ प्रदेश सभा सांसदमध्ये अधिकांश प्रत्यक्ष निर्वाचित छन् । उनीहरुमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् ।

लामो समय माधव नेपालसँग नजिक रहेका बागमतीका २२ सांसदमध्ये १२ जनाले नेकपा एस रोजेका छन् । बाँकी १० जना नेकपा एमालेमै रहेका छन् ।

काठमाडौंबाट निर्वाचितमध्येका वसन्त मानन्धर, कुसुमकुमार कार्की र रमा आलेमगरले नेकपा एस रोजेका छन् । ललितपुरका माधवप्रसाद पौडेल र भक्तपुरका राजेन्द्रमान श्रेष्ठले पनि एस नै रोजेका छन् ।

काभ्रेका २ जना प्रत्यक्ष निर्वाचित सांसदहरु लक्ष्मण लम्साल र वसुन्धरा हुमागाईंले नेकपा एस रोजेका छन् । उनीहरु दुवै काभ्रे क्षेत्र नम्बर २ को क र ख बाट निर्वाचित हुन् ।
चितवनका कृष्णप्रसाद शर्मा खनाल पनि माधव नेपालकै पक्षमा गएका छन् । उनी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारका मन्त्री पनि हुन् ।

नेकपा एस रोजेका सांसदहरु
राजेन्द्र प्रसाद पाण्डे, धादिङ्ग, १ क
वसन्त मानन्धर, काठमाडौं, ७ क
माधव पौडेल, ललितपुर २ क
लक्ष्मण लम्साल, काभ्रे २ क
वसुन्धरा हुमागाईं, काभ्रे २ ख
राजेन्द्रमान श्रेष्ठ, भक्तपुर २ ख
कुसुमकुमार कार्की, काठमाडौं ४ ख
रमा आले मगर, काठमाडौं, १० ख
कृष्ण प्रसाद शर्मा खनाल, चितवन १ ख

पार्वती सिलवाल, समानुपातिक
इन्द्रमाया गुरुङ, समानुपातिक

मुनु सिग्देल, समानुपातिक



प्रतिक्रिया दिनुहोस्

Screenshot