Logo

प्रभु क्यापिटलले ल्यायो तिजको विशेष अवसरमा महिला केन्द्रित प्रभु ऐश्वर्य योजना



काठमाडौं, १६ भदौ । प्रभु क्यापिटलले प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले लगानी व्यवस्थापन सेवा अन्तर्गत महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी नयाँ प्रोडक्ट ल्याएको हो ।

कम्पनीले महिलाहरुको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पु¥याउन उद्देश्यले यस योजना ल्याएको जनाएको छ ।

कम्पनीको अनुसार यस योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्ने छन्। यसमा क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवाको शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणाले यस योजना ल्याईएको हो । क्यापिटलका अनुसार यस योजनामा सलंग्न भएका ग्राहकहरुले क्यापिटलका अन्य पिएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने साथै साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था समेत गरेको छ ।
त्यसैगरी, ग्राहकहरुले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसन्सिप म्यानेजर जस्ता सुविधा पनि पाउने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्