Logo

आईक्यानद्वारा एसबिआई बैंक सम्मानित



काठमाडौं, १६ भदौ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)ले नेपाल एसबिआई बैंकलाई पुरस्कृत गरेको छ । संस्थाले प्रदान गर्दै आएको बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा नेपाल एसबिआई बैंक दोस्रो भएको हो ।

संस्थाको अनुसार उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत आईक्यानले बैंकलाई प्रदान गरेको हो
आईक्यानका अध्यक्ष सिए मदन कृष्ण शर्माले नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमलाई यो पुरस्कार प्रदान गरेका हुन् ।

हालसम्म बैंकले ८८ शाखा कार्यालय, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, ६ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्