Logo

सिमामा उभिएको चराको तस्बिरलाई ‘बर्ड फेटोग्राफर अफ द इयर’ उपाधि



एजेन्सी, भदौ १६ । मेक्सिकोका अल्ज्यान्द्रो प्रिइटो यो वर्षकै उत्कृष्ट फोटोग्राफर बन्न सफल भएका छन्। उनले अमेरिका-मेक्सिको सीमामा उभिएको एक चराको तस्बिर खिचेका थिए।

तस्बिरमा रहेको चराले दगुर्दै सडक पारिपट्टि जान खोज्दा सीमामा लगाएका अग्ला पर्खाल र काँडेतारका जान नसकी टुलुटुलु हेरेर उभिरहन्छ। फोटोग्राफर प्रिइटोले सीमामा खडा गरिएका पर्खालले जैविक विविधतामा खतरा पुगेको कुरा तस्बिरले देखाएको उल्लेख गरेका छन्।

पाँच हजार पाउण्ड स्टर्लिङ रहेको प्रतियोगितामा २२ हजार सहभागी तस्बिरमध्ये प्रिइटोको तस्बिर वर्ष २०२१ को उत्कृष्ट भएको बीबीसीले जनाएको छ।

राष्ट्रपतिको कार्यभार समालेकै दिन अमेरिकी राष्ट्रपति जो बाइडनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन सम्बधी तथा उनकै कार्यकालको सबैभन्दा महत्त्वपूर्ण निर्णय सीमा क्षेत्रमा पर्खाल निर्माण गर्ने नीतिमाथि रोक लगाएका थिए ।

अमेरिका–मेक्सिको सीमा क्षेत्रमा पर्खाल निर्माण गर्ने उद्देश्य त्यस क्षेत्रमा हुने आपराधिक गतिविधि र अनियन्त्रित आप्रवासन नियन्त्रण गर्नु थियो ।

पर्खाल निर्माणका कारण उक्त क्षेत्रका वन्यजन्तु र वातावरणमा नकारात्मक असर पुग्ने वातावरण विज्ञहरूले बताउँदै गर्दा पनि त्यहाँ पर्खाल निर्माण कार्य सञ्चालन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्