Logo

बेलायतले आफ्ना नागरिकलाई सुरक्षित फर्काउन तालिवानसँग वार्ता गर्दै



एजेन्सी, १६ भदौ । बेलायतले तालिवानसँग आफ्ना नागरिक र अफगानी नागरिकहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्ने विषयमा वार्ता गरिरहेको छ । हाल बेलायती अधिकारी र तालिबान सदस्यहरुबीच कतारमा वार्ता भइरहेको छ ।

अफगानिस्तानबाट अहिलेसम्म हजारौं नागरिकहरुले देश छाडिसकेका छन् । तर, अझै पनि कैयौं विदेशीहरु अफगानिस्तानमै छुटेका छन् । यसरी छुटेकाहरुमध्ये बेलायती नागरिक पनि रहेका छन् । आफ्ना नागरिकलाई सुरक्षित रुपमा देश फर्काउन सकियोस् भन्नका लागि बेलायतले वार्ता सुरु गरेको हो ।

बीबीसीका अनसुार अफगानिस्तानमा करीब डेढ सयदेखि अढाइ सय मानिसहरु फसिरहेका छन् । उनीहरुका साथमा उनका परिवारहरु समेत रहेको बताइएको छ ।

मंगलबार विदेश सचिव डोमिनिक राबले बताए अनुसार बेलायतले अहिलेसम्म १७ हजारभन्दा धेरैलाई अफगानिस्तानबाट निकालेको छ यीमध्ये ५ हजार भन्दा धेरै बेलायती नागरिक छन् ।



प्रतिक्रिया दिनुहोस्