Logo

अध्यक्ष दाहालद्वारा पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यलाभको कामना



काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पूर्वप्रधानमन्त्री खनाललाई भेट्न अध्यक्ष दाहाल आज बिहान खनाल निवास डल्लु पुगेका हुन् । अध्यक्ष दाहालको सचिवालयका अनुसार सो अवसरमा उनले नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेतासमेत रहेका खनालको स्वास्थ्यलाभको कामना गरेका थिए।

भारतमा मिर्गौला प्रत्यारोपण गराएका थिए । पूर्वप्रधानमन्त्री खनाल यही भदौ १४ गते स्वदेश फर्केका हुन् ।



प्रतिक्रिया दिनुहोस्