Logo

‘केपी ओलीले गरेको संसद् विघटनले एमाले विभाजनको विउ रोपेको होईन’ : योगेश भट्टराई (भिडिओसहित)



काठमाडौं, १६ भदौ । नेकपा (एमाले) का सचिव योगेश कुमार भट्टराईले माधव कुमार नेपालले पनि दश बुँदे सहमतिमा समर्थन जनाएको स्पष्ट पारेका छन् । कार्यदलले दश बुँदे सहमति गरेलगत्तै माधव नेपालकहाँ सहमति पत्र बोकेर घनश्याम भुषाल पनि नेपालको निवासमा पुगेको उनको भनाई छ । उनले आफूहरु त सुरुदेखि नै एकताको पक्षमा रहेको स्मरण गराए ।

उनले माधव नेपाललाई अध्यक्ष दिनको लागि केपी शर्मा ओली सकारात्मक र तयार भएको सुनाए । उनले भने,‘महाधिवेशनसम्म दुई वटा अध्यक्ष बनाउनको लागि उहाँ तयार हुनुहुन्थ्यो, तर अन्तिममा माधव नेपालले यो प्रस्ताव अस्विकार गर्नुभयो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले माधव नेपालले एमालेको भन्दा अलग बाटो हिँड्न नसक्ने जिकिर गरे । उनले माधव नेपालले पार्टी विभाजन गरेको विषयलाई विद्रोह भन्न नसकिने पनि दाबी गरे । उनले केपी ओलीले संसद् विघटन गरेकै भरमा एमाले विभाजनको विउ नरोपिएको पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्