Logo

निर्वाचन आयोगविरुद्ध आजै अदालत जाने एमालेको तयारी



काठमाडौं, १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निर्वाचन आयोगको विरुद्धमा आजै सर्वोच्च अदालत जाने भएको छ । आयोगले माधव नेपालले एमाले विभाजन गरेर दल दर्ता गर्दा विवादस्पद निर्णय गरेको भन्दै एमाले अदालत जान लागेको हो । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले पनि मुद्दा दर्ता गर्नको लागि तयारी भैरहेको जानकारी दिए ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई मुद्दा दर्ताको लागि आवश्यक कानूनी परामर्शमा छन् । तामाङका अनुसार उनीहरु आज दिउँसोसम्म अदालत पुगिसक्ने तयारी छ । एमालेले पार्टी विभाजनमा लागेको भन्दै माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्राचार गरेको थियो । र, सो जानकारी आयोगलाई पनि गराएको थियो । माधव नेपालले भने आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ता गराईसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्