Logo

गण्डकी र लुम्बिनीमा नेकपा एस रोज्ने सांसदको मन्त्री सुनिश्चित



काठमाडौं, १६ भदौ । नेकपा एमाले परित्याग गरी नेकपा एसमा जान तयार प्रदेश सांसदहरु धमाधम देखिइरहेका छन् । सात प्रदेशमध्ये पाँच प्रदेशमा माधव नेपाल पक्षका सांसदहरु अब नेकपा एस रोजेर जाँदैछन् । तर, गण्डकी प्रदेशमा कुनैपनि सांसद नेकपा एसमा जान तयार देखिएका छैनन् । लुम्बिनी प्रदेशमा पनि एकजना मात्र देखिएका छन् ।

नेकपा एसले गठबन्धनबाट सबै प्रदेशहरुमा कम्तिमा २ मन्त्री पाउने सहमति भएको छ । तर, गण्डकी र लुम्बिनीमा नेकपा एस रोज्नेहरुलाई मन्त्री बनाउने गरी खोजी भएको बुझिएको छ ।

लुम्बिनीमा नेकपा एस रोज्ने एकजनाको मन्त्री पद सुनिश्चित भएको बुझिएको छ । अर्का एकजनालाई मन्त्री बनाउने गरी माधव नेपाल पक्षले तान्ने प्रयास गरिरहेको छ ।

गण्डकीमा पनि नेकपा एस रोज्ने दुईजनाले मन्त्री पाउने निश्चित भएको छ । तर, मन्त्री बन्नका लागि नेकपा छाड्न तयार अझै देखिएका छैनन् । माधव नेपाल पक्षका केही नेताहरु कम्तिमा २ जना सांसद खोजिरहेका छन् जो नेकपा एसमा जानेवित्तिकै मन्त्री बन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot