Logo

भिमादका किसानलाई अनुदानमा कृषि औजर



तनहुँ, १६ भदौ । तनहुँ जिल्लाको भिमाद नगरपालिकाले किसानलाई मङ्गलबार ६३ थान कृषि औजर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । कृषि उत्पादनमा वृद्धि गराउने उद्देश्यले किसानलाई प्रोत्साहन गर्न सुपथ मूल्यमा औजार प्रदान गरिएको भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले बताए ।

औजारका माध्यमबाट किसानले छोटो अवधिमा धेरै काम गर्न सक्ने र उत्पादनमा समेत वृद्धि गर्न सहयोग पुग्ने हुनाले औजार प्रदान गरिएको उनले बताए । “रोजगारीको सिलसिलामा युवाहरु विदेश पलायन हुँदा गाउँघरमा वृद्धवृद्धा मात्रै रहँदा खेतबारी बाँझो हुन गएकाले थोरै जनशक्तिले पनि खेतबारी बाँझो नहुने भएकाले औजार वितरण गरिएको हो,” उनले भने ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा नौवटै वडाका किसानलाई हातेट्र्याक्टर, कम्बाइन मिल, ब्रस कटर, थ्रेसरलगायत कृषि औजार वितरण गरेको हो । नगरभित्रका फर्म दर्ता भएका कृषक, समूह लगायतलाई सो औजार वितरण गरिएको हो । त्यसैगरी नगरपालिकाले किसानलाई ५३ वटा कृषि यन्त्रहरु वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापाले जानकारी दिए । आर्थिक वर्ष ०७७/७८ को कार्यक्रमअन्र्तगत कृषि औजार वितरण गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्